images
images

नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आव्हान

सत्ताकाे नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आव्हान गरेकाे छ ।

माओवादीले आगामी असार २३ गते केन्द्रीय समिति बैठक आयोजना गरेको हाे ।

पार्टी केन्द्रीय सदस्यहरुलाई बिहीबार पठाइएको सर्कुलरअनुसार २३ असारमा प्रज्ञा भवन, कमलादीमा बैठक बस्ने छ । बैठकमा तीन वटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारीहरु समेत सहभागी हुनेछन् ।

बैठकअघि १५ असारभित्र दुई महिने अभियानको समीक्षासहितको प्रतिवेदन पठाउन भनिएको छ ।

सर्कुलरमा निर्वाचनको समिक्षा गर्नुका साथै घात अन्तरघातकाे अवस्थाकाे बारेमा असार १५ भित्रमा  यथार्थ रिपोर्टिङ समेत पठाउन निर्देशन दिइएको छ ।