images
images

गोरखाको सहिद लखन जिप दुर्घटना: मृत्यु हुनेहरू पाँच जनाको सनाखत[ थप विवरण सहित ]

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका ३ काे चिलिङकोट स्थित पात्लेखोलामा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

भुसाल को अनुसार :

दुर्घटनाका मृत्यु हुनेहरू:

शहीद लखन गाउँपालिका–५ का
१) १९ वर्षीय प्रविण थापा
२) २८ वर्षीय वीरबहादुर थापा
३) १९ वर्षीय निरज थापा
४) १९ वर्षीया नविना थापा
५) ६४ वर्षीय धनबहादुर थापा

बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको जिप दुर्घटनामा परेको बताइएको छ । ‘बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको छ,’ प्रजिअ भुसालले भने, ‘ गाडीमा १९–२० जना सवार रहेको भन्ने खुलेको छ ।’

राति एक बजे गाडी दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको हाे । मृतकको पहिचान हुन बाँकी छ ।