रास्वपा सचिवालय बैठक जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा अहिले बैठक जारी छ।

पछिल्ला समसामयिक राजनीतिक घटनाबारे छलफल भइरहेको जनाइएको छ।

आज प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयक पारित गर्नुअघि शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ। त्यसअघि सभापति रवि लामिछानेले पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।

यसबाहेक बैठकमा सदन र पार्टी संगठनलाई अगाडि सुदृढ बनाएर जाने आगामी रणनीतिबारे पनि छलफल भइरहेको जनाइएको छ।