काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शान्ति प्रक्रिया टुंग्याउन पूर्वराजाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
टीआरसी विधेयकमाथि संसद्मा भएको छलफलमा भाग लिँदै बुधबार लिङ्देनले यस्तो बताएका हुन् । शान्ति प्रक्रियामा योगदान दिएबापत पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्नेको उनको भनाइ छ ।
‘यो शान्ति प्रक्रियालाई टुंगोको पुर्याउन राजाको योगदान छैन ? आजको दिनमा राजालाई सम्झिनुपर्ने होइन ? दलहरुले राजालाई शान्ति प्रक्रियामा योगदान पुर्याएबापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो ।’ उनले भने ।
उनले त्यसअघि भने, ‘तपाईहरुले आज राजालाई सम्झिनुपर्थ्यो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न ।’
दलहरुले बहुमत र मौका पाउनेबित्तिकै राजालाई बिर्सिएको उनको गुनासो छ ।