काठमाडौं : प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बुद्ध एयरको सेवामा ८ प्रतिशत छुट प्राप्त गर्ने भएका छन्।
बैंकका कर्मचारी तथा ग्राहक विशेष छुट दिनेगरी हालै दुई पक्षबीच सम्झौता भएको हो।
प्रभु बैँकका तर्फबाट चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरका तर्फबाट डाइरेक्टर रूपेश जोशी र सिनियर म्यानेजर उद्धवलाल कायस्थले सम्झौतामा हस्ताक्षर गरे।
बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ।