images
images

आजदेखि अनसन स्थगित गर्दै उपप्राध्यापक प्रेम चलाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेले आजदेखि अनसन फिर्ता लिने भएका छन् । आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिएको विरोधमा पाँच दिनदेखि अनसनमा बस्दै आएका थिए ।

सर्वोच्च अदालतले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि अनसन फिर्ता लिन लागेका हुन् ।

मुद्दा फिर्ता लिने निर्णयको विरोध गर्दै असार ३ गतेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनसनमा बसेका थिए । सर्वोच्चको आदेशपछि आज दिउँसो १ बजेदेखि अनसन फिर्ता लिन लागेको चलाउनेले बताए ।