images

‘द रेड सुटकेस’ले जित्यो उपमहाद्धीपकै उत्कृष्ट फिल्मको अवार्ड

काठमाडौं – फिडेल देवकोटा निर्देशित नेपाली फिल्म ‘द रेड सुट्केस’ले अष्ट्रेलियाको मेलबर्नमा आयोजित इण्डियन फिल्म फेस्टिभल २०२४ मा ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’को अवार्ड जितेको छ ।

भेनिसमा वर्ल्ड प्रिमियर भएको यो फिल्मलाई गतवर्ष नेपालमा रिलिज हुँदा घरेलु दर्शकले निकै रुचाएका थिए । शुक्रबार सम्पन्न अवार्डमा बिपिन कार्की, सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर फिल्मले उपमहाद्धिपकै उत्कृष्ट फिल्मको पुरस्कार जितेको हो ।

आइसफल फिल्म्सको ब्यानरमा रामकृष्ण पोखरेलले निर्माण गरेको यो फिल्मले वैदेशिक रोजगारीको यथार्थ पाटोलाई चित्रण गर्छ । इण्डियन फिल्म फेस्टिभल मेलबर्न २०२४ अष्ट्रेलियामा हुने भारतीय डायस्पोराको सबैभन्दा प्रतिष्ठित अवार्ड हो ।