शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नमो जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट सुनिश्चित गर्ने गरेको बताए । राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको उनको भनाइ छ ।

उनले रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको पनि बताए । राष्ट्रिय गौरवका आयोजनाहरु र अन्य प्राथमिकता आयोजनाहरुको जग्गाअधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको उनले बताए ।

‘सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट सुनिश्चित गर्ने गरेको छ । राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको छ ।‍ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षमा साइड क्लिेयर गर्ने कुरामा सरकारको गहिरो ध्यान छ ।’ उनले भने,’रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको छ । राष्ट्रिय गौरवका आयोजनाहरु र अन्य प्राथमिकता आयोजनाहरुको जग्गाअधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको छ । आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायहरु मार्फत सम्बोधन गरिनेछ । अन्तर्राष्ट्रिय राजनीतिमा भइरहेको विषयमा नेपाल सरकारको गहिरो ध्यान छ ।’

उनले राष्ट्रिय गौरवका आयोजनाहरुमा आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायहरुमार्फत सम्बोधन गरिने बताए ।