images

लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, कस्तो अंकगणित ?

बुटवल -लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले संवैधानिक प्रक्रियाअनुसार विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा मंगलबार दिउँसो १ बजे मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन् । नेकपा ९एमाले० संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।,

संघ सत्ता समीकरण फेरिएसँगै गत साउन ७ मा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको मत आवश्यक पर्दछ । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थन रहेको छ । साथै, आचार्यलाई प्रदेश सभामा सहभागी जसपाका दुई, जसपा नेपालका एकजना र नागरिक उन्मुक्ति पार्टीका चार सांसदले समर्थन गरेका छन् ।

लुम्बिनी प्रदेशसभामा माओवादीका १०, राप्रपाका चार, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका उकरएक जना गरी १७ सांसद प्रतिपक्षमा रहेका छन् ।