images

माओवादी केन्द्रको भोलिदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठक, कुन प्रदेशमा बैठक कहिले ?

काठमाडौं – नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ । साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको र साेही  निर्णयका आधारमा बैठक सुरु हुन लागेकाे हाे  ।

सोही निर्णय अनुसार बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बुधवार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता एवं बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुने सापकाेटाकाे भनाई छ । बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने उनले बताए । उक्त बिहीबार बैठक सम्पन्न हुनेछ ।

‘भोलि ११ बजेदेखि बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक छ । स्थायी समितिको निर्णयसहित एजेण्डा प्रस्तुत हुन्छ । फरक मतको सन्दर्भमा परिपत्रमा जे उल्लेख छ, त्यही अनुसार छलफल हुन्छ’, सापकोटाले भने । परामर्श समितिको बैठक अन्य प्रदेश र मोर्चा कमिटीहरूमा बैठक असोज ३ गतेसम्म चल्नेछ ।

 कुन प्रदेशमा कहिले बैठक ?

उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते  बस्ने माओवादी केन्द्रले जनाएकाे छ ।

गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ९ र १० गते  बस्ने छ भने सुदूरपश्चिम प्रदेशका के.स.तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १२ र १३ गते बस्ने मिति तय  भएकाे छ ।

यस्तै कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १४ र १५ गते बस्ने  छ भने लुम्बिनी प्रदेशका के‍.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते  बस्ने माओवादी केन्द्रले जनाएकाे छ ।

माओवादी केन्द्रकाे तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भाद्र १८ र १९ गते बस्ने छ भने मधेस प्रदेशका के.स. हरूको बैठक भाद्र २२ र २३ गते  भएकाेकाे छ ।

पूर्व, १ नं प्रदेशका के‍.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र २४ र २५ गते बस्ने मिति तय भएकाे छ भने ज.व.श मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरूको बैठक भाद्र २७ र २८ गते बस्ने  भएकाे छ ।

यसैरी प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ३१ र आश्विन १ गते  बस्ने छ भने  ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते  माओवादी केन्द्र केन्द्री कार्यालयदे जनाएकाे छ ।