images
images

वीर अस्पतालका लाई ७०० जनरल बेड दिने सरकारको निर्णय

काठमाडौं । वीर अस्पतालका ७०० वटा जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने भएका छन् ।

सरकारले आज देखि लागु हुने गरी वीर अस्पतालका ७०० वटा जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो । चिकित्सा विज्ञान

राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषद्ले आजैदेखि लागु हुने गरी सो निर्णय गरिएको जनाएको छ ।

यसअघि, प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएकोमा अब भने निःशुल्क हुने न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले बताए ।अस्पतालका क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क लाग्नेछ ।

७०० बेड निःशुल्क गरेबापत् हुने वार्षिक पाँच करोड रुपैयाँ खर्च सरकार र अस्पतालको आन्तरिक स्रोतबाट व्यहोरिने पनि डा. बस्नेतले बताए ।