images

कांग्रेस र एमाले कमजोर भए लोकतन्त्र नै कम्जाेर हुने महासचिव झाको टिप्पणी

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव डा. सुरेन्द्र झाले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छैटौँ पटक प्रधानमन्त्रीको आकांक्षाले वर्तमान गठबन्धनको भविष्य तलमाथि नपारिदिन अनुरोध गरेका छन् ।

मंगलबार काठमाडौँमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बन्न भन्दा पनि इतिहास निर्माणको बाटोमा अघि बढ्न सभापति देउवालाई अनुरोध गरे । 

‘तपाई मेरो अभिभावक पनि हो । शेरबहादुर देउवालाई अनुरोध छ, अब तपाई छैटौँ पटक प्रधानमन्त्री होइन इतिहास निर्माण गर्नुहोस् कुनै चिजको आशक्ति राखेर यो गठबन्धन असफल नबनाउनोस् ‚’ उनले भने । 
महासचिव झाले नेपालका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) कमजोर भए लोकतन्त्रनै कमजोर हुने बताए । 

‘नेपाली कांग्रेस र एमाले कमजोर भयो भने डेमोकेसी कमजोर हुन्छ । अनि हामी जस्ता विभेदमा पारिएका मान्छे झन् कमजोर हुन्छ‚’ उनले भने ।

महासचिव झाले फेसबुक, ट्विटरमा लेखिने बहसले शासन सत्ता प्रभावित हुने गरेकोमा चिन्ता व्यक्त गरे ।