images

ओली र मेरोबीच भएको सहमतिमा शङ्का नगर्दा हुन्छ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी र नेकपा (एमाले) बीच भएको सहमतिमा शङ्का नगर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

“ओलीजी र मेरोबीचमा भएको सहमतिमा कुनै शङ्का/उपशङ्का नगर्दा पनि हुन्छ,” देउवाले भने ।

उनले संविधान संशोधन लोकतन्त्रक मूलभूत सिद्धान्तअनुरूप नै हुने जिकिर गरे । “उनले भने हामीले संविधान संशोधन भनेका छौँ । त्यसमा दुईवटा पार्टी मिलिसक्यौँ । अब माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू पनि एकठाउँमा आउनुपर्छ,” उनले भने, “यो अरु पार्टीको खिलाप हुँदै होइन । यो सोचि/विचारी नै गरिएको सहमति हो ।”

प्रसङ्ग बदल्दै देउवाले प्रदीप गिरी ज्ञानको भण्डार रहेको बताए ।