images

निर्वाचन प्रणाली संशोधन हुनुपर्छ: महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरु भित्रको असमानता हटाउन नेपाली कांग्रेस र नेकपा (एमाले)बिच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको बताएका छन् । मङ्गलबार काठमाडौंमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले चुनाव जितेकाले ‘क’ वर्ग र समानुपातिबाट चयन भएका सांसदले ‘ख’ वर्गको ठान्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताए । उनले यसमा नेकपा (माओवादी केन्द्र), मधेशवादी दलहरुले असहमति प्रकट गर्न नसक्ने जिकिर गरे ।

उनले इतिहासका विभिन्न चक्र र कालखण्डमा विचलित हुँदा विचारको नेतृत्व गर्नेहरुले नै सही बाटो देखाएको स्मरण पनि गरे । उनले अहिलेको सन्दर्भमा समावेशिताको आधारमा बनाएको संविधानमा चुनाव प्रणालीमा असमानता रहेको बताए ।

महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबिच भएको सहमति तत्कालै बाहिर नल्याउनुका कारण नेकपा (माओवादी केन्द्र)लाई पनि राष्ट्रिय सहमतिको सरकारमा जोडिनका लागि रहेको बताए ।