images
images

सांसद राजेन्द्र बजगाईँद्वारा गोरखामा भएको दुर्घटना प्रति सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको शून्य समयमा सांसदहरुले बाढी, पहिरो र सडक दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरु हितराज पाण्डे,  एकनाथ ढकाल, राजेन्द्र बजगाईँ र रामहरि खतिवडाले विपद् जोखिम न्यूनीकरणका लागि र सडक निर्माणका क्रममा पर्याप्त ध्यान नदिइएकाले यस्तो समस्या आएको बताएका हुन् ।

उनीहरुले असार आएपछिको विकास निर्माण  गर्ने प्रवृत्ति अन्त्य गर्न पनि आग्रह गरे ।

सांसद राजेन्द्र बजगाईँले गोरखामा भएको बोलेरो दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । गोरखामा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

यस्तै उनले नेपाली रसियन र युक्रेन सेना र कतार प्रहरीमा भर्ती भइरहेको बारेमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।