images

गोकुलको चुनौती- राजनीति लेखा समितिको सभापति चाहिए माओवादी र रास्वपालाई राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख छाड्

काठमाडौं – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको सभापति फेर्ने माओवादी र रास्वपाको मागको प्रतिवाद गर्दै फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि फेर्न चुनौती दिनुभएको छ ।

समितिको आइतवारको बैठकमा माओवादी र रास्वपाका सांसदले विपक्षीलाई समितिको सभापति दिनुपर्ने भनेर पटकपटक माग गरेपछि बास्कोटाले कडा प्रतिवाद गर्नुभएको हो । उहाँले विगतमा माओवादी सत्तापक्षमा रहँदा जनार्दन शर्मा सभापति रहेको उदाहरण दिँदै वर्तमान सभापति ऋषिकेश पोखरेलमाथि पटकपटक हमला नगर्न चेतावनी दिनुभयो ।

बास्कोटाले भने, ‘यहाँ बारम्बार यस्ता कुरा नल्याउनुस् । समितिको सभापति फेर्ने हो भने राष्ट्रिय सभाको अध्यक्ष फेरौं, उपसभामुख पनि फेरौं अनि यहाँ पनि फेरौं । राजनीतिक सहमति गरेर आउनुस्, यहाँ कराउने होइन । होइन सबै सबै समितिमा निर्वाचन गरौं, यहाँ मसला बनाउने काम छैन। घण्टा घण्टामा राजनीतिक समीकरण फेरिने देश हो, यहाँ के का कुरा।’