images
images

समाजवादी मोर्चाको घोषणा भएपछि केपी ओली बर्बराउन थाले: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चाको घोषणा भएपछि केपी ओली बर्बराउन थालेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले समाजवादी मोर्चाको अगुवाई आफैं गर्नुपर्ने बेलामा एमाले अध्यक्षसमेत रहेका ओली बर्बराइरहेको बताए।

‘हामीले चालेका कदमहरूलाई सकारत्मक लिनुपर्नेमा, समाजवादी मोर्चाको नाम सुनेर खुसी भएर शुभकामना दिनुपर्नेमा उहाँ ९ओली० बर्बराइरहनुभएको छ। कम्युनिस्ट आन्दोलन र समाजवादी शक्तिलाई एकता गर्न ठूलो दलको हैसियतले नेतृत्व लिनुपर्नेमा उहाँ बर्बराइरहनुभएको छ,’ उनले भने।

उनले समाजवादी मोर्चालाई विभिन्न आक्षेपहरू लगाइए पनि यो निरन्तर अगाडि बढिरहने बताए । ‘समाजवादी मोर्चालाई विभिन्न आक्षेप लगाएर टिका टिप्पणी भइरहेका छन्। त्यस देश विकासका निम्ति र समाजवाद स्थापित गर्ने यसले अहं भूमिका निर्वाह गर्छ,’ उनले भने।

उनले अहिले पनि प्रतिगमतको खतरा रहेको बताए। ‘अहिले पनि प्रतिगमतको खतरा छ। केही शक्तिहरू संविधान नै समाप्त पार्न खोजिरहेका छन्। त्यो हामी कदापि हुन दिन्नौं,’ उनले भने।