काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भोजपुरका प्रकाश तामाङबारेको सामग्री हेर्ने कथामा प्रसारण भएपछि उनको नागरिकता तत्काल बनाउन निर्देशन दिएका छन् ।
उनले हिजो राति गृहसचिव एक नारायण अर्याललाई बोलाएर प्रकाशको नागरिकता छिटो बनाउन निर्देशन दिएका हुन् । सचिव अर्यालले दुई चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको यो खबर प्रकाशलाई पठाइसकिएको बताएका थिए ।
नागरिकता प्राप्त गरेपछि बैंक खाता खोल्न सकिने र उनर्ला सहयोग गर्न चाहनेले सहयोग गर्न मिल्ने प्रधानमन्त्रीको भनाइ छ।
https://www.facebook.com/photo.php?fbid=1060948535390847&set=a.418083823010658&type=3&ref=embed_post