नेकपा एसको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी झाँक्री पराजित

काठमाडौं – नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छिन्।

उनले रामकुमारी झाँक्रीलाई पराजित गर्दै उपाध्यक्ष चुनिएकी हुन्। राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् ।

काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा जारी मतगणनमा अधिकांश पदमा अध्यक्ष माधवकुमार नेपालनिटक निर्वाचित भएका छन्।

नेपालइतरबाट उपाध्यक्षमा भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन्।