images
images
images

साफ यू-२० च्याम्पियनसिप : उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – घरेलु मैदानमा जारी साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल बंगलादेशसँग भिड्दै छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।

सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो। समूह चरणमा बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा भिडेको थियो।

समूह उपविजेता बंगलादेशले साविक विजेता भारतलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।

सन् २०१७ मा भएको साफ यू-१८ को उपाधि जितेयता नेपाल च्याम्पियन बन्न सकेको छैन।अतः यसपटक घरेलु मैदानमा बंगलादेशलाई हराएर नेपाल उपाधिको नयाँ इतिहास रच्न चाहन्छ।