काठमाडौं – सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित गरेका छन् ।
संसद्का दुवै सदनबाट पारित भएको विधेयक सभामुख घिमिरेले बुधबार प्रमाणित गरेका हुन् ।
टीआरसी विधेयक साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट पारित भएको थियो ।
अब प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।