काठमाडौँ – आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
आजको मन्त्रिपरिषद् बैठक नियमित भएकाले समसामयिक विषय र सरकारका काम कारबाहीका बारेमा छलफल एवं निर्णय हुने बताइएको छ ।