images

एन्फा कार्यसमिति बैठक: नयाँ रङ्गशाला निर्माणका लागि २२ लाख डलर बजेट, यस्ता छन् निर्णय

काठमाडौँ, १४ भदौ – अखिल नेपाल फुटबल संघ (एन्फा)को सातौं कार्यसमिति बैठकले विभिन्न १३ निर्णयहरु गरेको छ। तीब्र विवाद र असन्तुष्टिबिच सम्पन्न बैठकले पुरुष तथा महिला खेलाडीको तलब ३० हजार पुर्याउँदा महासचिवको तलब २ हजार अमेरिकी डलर पुर्यायो।

त्यस्तै, एन्फाले २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डसहितको फुटबल रंगशाला निर्माण गर्न आवश्यक भएको भन्दै नेपाल सरकारसँग जग्गा उपलब्धताको लागि अनुरोध गर्ने निर्णय गर्यो।

प्रारम्भमा नयाँ रंगाशाला निर्माण गर्नका लागि भन्दै २२,००,००० अमेरिकी डलर विनियोजन गर्ने र उक्त रंगशाला निर्माणार्थ जग्गा प्राप्तीको लागि सरकारसँग समन्वय गर्न संघका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहने गरी तीन सदस्य समिति गठन गर्ने निर्णय गर्यो।

साथै दशरथ रंगशाला संघबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसँग आफ्नो मातहतमा ल्याउनका लागि माग गर्ने निर्णय गर्यो। रङ्गशालाको मैदान मर्मतको लागि ३००,००० अमेरिकी डलर विनियोजन गर्ने निर्णय गर्यो।

त्यस्तै, महिला तथा पुरुष तर्फको उत्कृष्ट खेलाडीलाई कार पुरस्कारको घोषणा गर्यो। त्यस्तै उत्कृष्ट रेफ्री र प्रशिक्षकलाई जनही दुई लाख र मोटर साईकल र स्कुटरबाट र लाइफ टाइम एचिभमेन्ट अवार्ड पाँच लाख रुपैया प्रदान गर्ने निर्णय गर्यो। त्यस्तै उत्कृष्ट खेलाडी, रेफ्री तथा प्रशिक्षक छनोटका लागि पुरुषोत्तम थापाको संयोजकत्वमा हरी खड्का र संजिव मिश्र समिलित समिति गठन गर्ने निर्णयसमेत गर्यो।

त्यस्तै, पुरुष तथा महिला खेलाडीलाई मासिक ३० हजार तलबको ब्यबस्था गर्दा रेफ्रीहरुलाई २० हजार दिने निर्णय गरेको छ। त्यस्तै संघका महासचिवको तलब २ हजार डलर (२ लाख ६८ हजार बढी) बनाउने निर्णयपनि एन्फा कार्यसमितिले गरेको छ।

यस्ता छन् एन्फा कार्यसमितिका १३ निर्णय: