images
images

उपप्रधानमन्त्री श्रेष्ठ ४ दिनको लागी चिन जाँदै

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । मङ्गलवार साँझ ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जाने उनको सचिवालयमा जानेछन् ।

चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । उनको टोलीमा गृह मन्त्रालयका केही सहसचिवहरू पनि रहनेछन् ।

श्रेष्ठ ४ दिन छेन्दुमै रहने र त्यसपछि नेपाल फर्किनेछन् ।