काठमाडौं – गण्डकीमा नेकपा एमालेबाट नियुक्त भएका ४ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराम भट्टले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
एमालेबाट पद्मा जीसी श्रेष्ठले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय प्रकाश केसीले पाएका छन् भने कृष्ण पाठकलाई स्वास्थ्य मन्त्रालय, मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालय दिइएको छ।