काठमाडौँ, भदौ १८ गते – नेपाल प्रहरीले एकैपटक ५८७ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ । भदौ १७ गतेको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकहरुको सरुवा गरेको जनाएको हो ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा ती प्रहरी निरीक्षकहरुले तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने उल्लेख छ ।