रेखा शर्मा सम्बन्धी बालेनको चर्चित स्टाटस फेसबुकले किन गर्‍यो डिलिट ?

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सत्तारुढ दल एमालेसँग फेसबुकमा पैंठेजोरी खेलिरहेका छन् । पार्टीकी एक प्रदेश सांसदलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई फेसबुकमार्फत दबाब दिएपछि एमालेपङ्ति उनीविरुद्ध उत्रिएको छ ।

बालेनले दुई दिनअघि एउटा स्टाटस लेख्दै एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेका थिए । शर्माले एक बालिकालाई सात वर्षदेखि श्रम शोषण गरेको र यातनासमेत दिएको उनको आरोप छ ।

उक्त स्टाटसको एमाले कार्यकर्ताले प्रतिवाद गरे । उनीहरूले सर्वोच्च अदालतको आदेशको हवाला दिँदै शर्माले ती बालिकालाई संरक्षण गरेको र ३ कक्षादेखि पढाएको दाबी गरेका छन् ।

एमाले पङ्तिको यो प्रतिवादपछि बालेनले अर्को लामो स्टाटस लेखे । उनले सर्वोच्चको फैसलाको आधा पाठ मात्रै ल्याएर भ्रम छर्न खोजिएको आरोप लगाएका छन् ।
सांसद शर्माको घरमा बसेकी बालिकाले ८ वर्षदेखि बाबुआमा नभेटेको, उनीमाथि कुटपिट गरिएको, अत्यधिक श्रम गराइएको अवस्थामा महानगरले उद्दार गरेको उनको भनाइ छ ।

उच्च अदालतको अन्तिम फैसलाले शर्मामाथि अनुसन्धान गर्ने बाटो खोलेको बालेनले बताएका छन् ।

बालेनले लेखेका छन्, ‘प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।’

मेयर साहका यी दुवै स्टाटस तत्कालै भाइरल भएका थिए । हजारौँले लाइक कमेन्ट र सेयर गरेका छन् । तर, अघिल्लो स्टाटस भने एकाएक उनको टाइमलाइनबाट गायब भएको छ । प्रदेश सांसद शर्माको तस्बिर सहित राखेको स्टाटस किन र कसरी डिलिट भयो त ?

बालेन निकट स्रोतका अनुसार यो स्टाटसलाई फेसबुकले नै डिलिट गरिदिएको हो ।

स्रोतले भन्यो, ‘एमालेका कार्यकर्ता र समर्थकले व्यापकरुपमा स्टाटसविरुद्ध रिपोर्ट गरेपछि फेसबुकले डिलिट गरेको हो ।’

बालेनले यही स्टाटस इन्टाग्राममा पनि राखेका थिए । इन्स्टाबाट भने स्टाटस हटेको छैन । फेसबुकमा गरिएका कुनै पनि पोस्ट चित्त नबुझेको भनेर धेरैले रिपोर्ट गरेको खण्डमा फेसबुकले एक्सन लिने गर्छ । यसअघि पनि बालेनका दुई–तीनवटा स्टाटस फेसबुकले डिलिट गरिदिएको थियो ।

डिलिट हुनुअघि बालेनको उक्त स्टाटसलाई बीसौं हजारले सेयर गरेका थिए । अधिकांशले उनलाई समर्थन गर्दै कमेन्ट गरेका थिए । डिलिट भएको स्टाटस यस्तो थियोः