images

चार वटा संसदीय समितिको बैठक आज बस्दै, के छन् एजेन्डा ?

काठमाडौं- संघीय संसदअन्तर्गत बिहीबार विभिन्न चार वटा समितिको बैठक बस्दैछ।

राज्य व्यवस्था तथा सुशासन समिति, अर्थ समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो।

संसद सचिवालयका अनुसार आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको छ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने जनाइएको छ।

यस्तै, अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

अर्थ समितिको बैठकमा बैकिंङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पाँचौं वार्षिक प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ। बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ।