पर्यटन बोर्डको सीइओमा फेरि दीपकराज जोशी नियुक्त

काठमाडौँ- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पु:न दीपकराज जोशी नियुक्त भएका छन्। 

बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको बोर्डका वरिष्ठ निर्देशक तथा प्रवक्ता नन्दिनी लाहे थापाले जानकारी दिए।

जोशी यसअघि २०१५-२०२० सम्म बोर्डको सीइओका रुपमा काम गरेका थिए।

यसअघि बोर्डको कार्यकारी प्रमुख छनोटका लागि गठन भएको उपसमितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो। उपसमितिले बोर्डका पूर्व सीइओ धनञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोको नाम पनि सिफारिस गरेको थियो।

नियुक्त भइसकेपछि  संक्षिप्त प्रतिक्रिया दिँदै आफूले फेरि पनि बोर्डको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाउँदा आफूलाई चुनौती र प्रेरणा लागेकाे बताए।