श्रममन्त्रीको जापान भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषदका २४ निर्णय (सूची)

२१ भदौ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको जापान भ्रमण स्वीकृत भएको छ । जापानको टोकियोमा ३ असोजमा आयोजना हुने जापान–नेपाल रोजगार सम्मेलनमा भाग लिन भण्डारी त्यता जाने तय भएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीको जापान भ्रमण स्वीकृत गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको हो ।