काठमाडौं- सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ ।
प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै टिकटक सेवा सुचारु गर्न इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको हो ।
भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।
तर, प्राधिकरणबाट औपचारिक रूपमा जानकारी नपाएपछि केही सेवा प्रदायकहरूले टिकटकमाथिको प्रतिबन्ध हटाएका थिएनन् । प्राधिकरणले सार्वजनिक सूचना जारी गरेसँगै अब टिकटक सुचारुको बाटो खुलेको हो ।