images
images

काठमाडौंको फोहोर व्यवस्थापनका लागि बैकल्पिक आधारहरु खोजी गरिने: मन्त्री गुरुङ

काठमाडौं । सहरी विकासमन्त्री सिता गुरुङले काठमाडौं उपत्यकाको फोहोरमैलाको दिगो व्यवस्थापनका लागि बैकल्पिक आधारहरु खोजी गरि कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय अन्तरगतको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । मन्त्री गुरुङले बञ्चरेडाँडामा निर्माण गरिएको स्यानिटरी ल्याण्डफिल्ड साईट सबै महिनामा बिना अवरोध संचालन हुने गरी बैकल्पिक मार्गको निर्माण गरिने घोषणा समेत गर्नुभयो । उहाँले फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहलाई जिम्मेवार र अग्रणी निकायको रुपमा सवल बनाउनु पर्छ भन्ने सरकारको धारणा रहेको समेत बताउनुभयो ।

मन्त्री गुरुङले वीरगंज, नेपालगंजलगायतका देशका मुख्यमुख्य सहरमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भई संचालनमा आएको स्मरण गराउँदै अन्य सहरहरुमा पनि सो कामलाई तीव्रता दिने गरी बजेटको व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री गुरुङले फोहोरमैला व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँगको छलफललाई जोड दिइएको पनि बताउनुभयो ।