images

‘निजामती सेवा जनताको भरोसाको केन्द्र हो’

काठमाडौँ, २२ भदौ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा जनताको आशा र भरोसाको केन्द्र भएकाले जनताको घरदैलोमा पुगेर अहोरात्र सेवा प्रदान गरिरहेको बताउनुभएको छ ।

एक्साइसाँै निजामती सेवा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सीमित स्रोत, साधन एवं पारिश्रमिकका बावजुद राष्ट्र सेवामा निरन्तर खटिरहेका निजामती कर्मचारीको मनोबल उच्च बनाइ आफ्नो काममा थप उत्पे्ररित तुल्याउन आवश्यक भएको बताउनुभयो । मन्त्री गुप्ताले भन्नुभयो,“कर्मचारीको क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता हो ।” नयाँ बन्ने सङ्घीय निजामती सेवा ऐनले कर्मचारीतन्त्रमा देखिएको अन्योल हटाइ सेवा प्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उहाँले जनताको सबैभन्दा नजिकैको स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी सेवा प्रवाह र प्रवद्र्धनका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । मन्त्री गुप्ताले भन्नुभयो,“सार्वजनिक सेवा प्रवाह, सुशासन अभिवृद्धि, सङ्घीयता कार्यान्वयन तथा शासकीय व्यवस्थालाई समायानुकुल तुल्याउन सबैले आफ्नो स्थानबाट रचनात्मक र सिर्जनात्मक योगदान पु¥याउनु पर्छ ।” मुलुकको स्थायी सरकारको रुपमा रहेको निजामती सेवाले कानुनी अधिकार प्राप्त गरेको दिनको सम्झनामा प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाइँदै आएको छ । मुख्य सचिव एकनारायण अर्यालले नेपालको निजामती सेवाले आफ्नो विशिष्ट मौलिक पहिचानसहित देशको एउटा भरपर्दो स्थायी संयन्त्रको रुपमा आफूलाई स्थापित गर्न सफल रहेको बताउनुभयो ।उहाँले भन्नुभयो,“मुलुकले जे जस्तो उपलब्धि हासिल गरेको छ त्यसमा निजामतीको भूमिका छ ।समय सान्दर्भिक आफूलाई परिमार्जित गर्न नसकेको आरोप खेपिरहेको बखत पनि राष्ट्र तथा जनताको निम्ति जस्तोसुकै चुनौती पार लगाउन निजामती सेवा सक्षम रहेको अभ्यासले पुष्टि गरिसकेको छ ।” मन्त्रालयका सचिव भरतमणि सुवेदीले मुलुकको राजनीतिक व्यवस्था र सङ्घीय संरचनाअनुसार कर्मचारीले आफ्ना कामकारबाही ,आनीबानी, आचरण र व्यवहारलाई परिमार्जन र परिस्कृत गर्दै नागरिकमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“कर्मचारीतन्त्रबाट नागरिकले पाउने सेवाको स्तरबाट नै सकरारको प्रभावकारिता मापन हुने तथा सरकारप्रति नागरिकको भरोसा अभिवृद्धि हुने भएकाले सेवा प्रवाहको सन्दर्भमा आफूलाई अब्बल प्रमाणी गर्नुपर्ने आवश्यकता छ ।”उहाँले निजामती सेवाले कर्मचारीतन्त्रका आधारभूत चरित्र, मूल्य मान्यता र नवीनतम प्रवृत्तिको अनुशरण गर्दै सदाचार र सत्य निष्ठालाई आफ्नो व्यावसायिक जीवनको आधार बनाउन सुझाव दिनुभयो ।

व्यावसायिक र सिर्जनलशील प्रशासन ः विकास समृद्धि र सुशासन भन्ने मूल नारासहित आयोजित दिवस मूल समारोहमा अघिल्लो वर्ष निजामती दिवसका अवसरमा घोषणा गरिएको उत्कृष्ट निजामती पुरस्कार र निजामति पुरस्कार प्रदान गरियो । निजामती प्रशासन सेवाका ८६ हजार कर्मचारीमध्ये ५३ हजार सङ्घीय सरकारका सेवामा छन् ।

त्यस अवसरमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले सङ्घीय निजामती ऐन शीघ्र जारी गर्न माग गर्नुभयो ।