भारतद्वारा ब्यालेस्टिक मिसाइल अग्नि-४ को सफल प्रक्षेपण

नयाँ दिल्ली– भारतले शुक्रबार मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि(४ सफलतापूर्वक प्रक्षेपण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार यो मिसाइल ओडिशाको चंडीपुरबाट प्रक्षेपण गरिएको थियो। यो प्रक्षेपण परिचालन र प्राविधिक मापदण्डहरू पूरा गर्न सफल भएको छ।

अग्नि ४ मिसाइल रणनीतिक बल कमाण्ड अन्तर्गत प्रक्षेपण गरिएको छ।

अग्नि ४ को सफल परीक्षणलाई भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ। यसलाई भारतको आणविक प्रतिरोध कार्यक्रमको हिस्सा मानिएको छ। अग्नि–४ मिसाइलको प्रहार क्षमता ४ हजार किलोमिटरभन्दा बढी रहेको बीबीसी समाचारमा उललेख छ।