सरकारी कार्यालयका कर्मचारीलाई खाजा खाने समय आधा घण्टा मात्र!

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयका कर्मचारीलाई खाजा खाने समय आधा घण्टा मात्र छुट्याउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टा मात्र लिन निर्देशन दिएका हुन्।

यसअघि सरकारी कर्मचारीले खाजा खाने समय एक घण्टा छुट्याएका थिए।