images
images

गोरखा नगरपालिका: आर्थिक वर्षका लागि अनुमानित एक अर्ब ३२ लाखको बजेट सार्वजनिक

गोरखा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को अनुमानित बजेट एक अर्ब ३२ लाख रहेको छ । नगरपालिकाको १२ औ नगरसभालाई सम्बोधन गर्दै नगरउपप्रमुख मसलीमाया थोकरले आगामि आर्थिक वर्षका लागि अनुमानित एक अर्ब ३२ लाखको बजेट सार्वजनिक गरेकी हुन् ।

संघीय सरकारको तर्फबाट वित्तीय समानीकरण अनुदान शीर्षकबाट २१ करोड २२ लाख, सशर्त अनुदान चालुबाटमा ३६ करोड, ४३ लाख, सशर्त अनुदान पुँजिगततर्फबाट दुई करोड ३६ लाख, विशेष अनुदान शीर्षकबाट एक करोड र समपुरक अनुदानबाट ८० लाख रुपैया विनियोजन भएर आएको छ ।

त्यस्तै, प्रदेश सरकारको तर्फबाट वित्तीय समानीकरण अनुदान शीर्षकबाट तीन करोड २४ लाख ५८ हजार र समपुरक अनुदानअन्तर्गत एक करोड रुपैया विनियोजन भएर आएको छ । राजस्व बाँडफाँड तर्फबाट संघीय सरकारबाट १२ करोड १२ लाख ६८ हजार, विद्युत रोयल्टीबाट एक करोड र प्रदेश सरकारबाट एक करोड ७३ लाख ३९ हजार प्राप्त भएको जनाइएको छ ।

नगरपालिकाले आगामि आर्थिक वर्षमा आन्तरिक आयबाट ५ करोड ७६ लाख संकलन गर्ने लक्ष्य राखेको छ । घरजग्गा रजिष्टे«सनबाट ९० लाख, जनसहभागिताबाट एक करोड, क्रमागत योजनाबाट ७ करोड, सडक बोर्ड नेपालबाट ७५ लाख र नगर विकास कोषबाट ४ करोड प्राप्त गर्ने अनुमान नगरपालिकाले गरेको छ ।

सबै गरेर आगामि आर्थिक वर्षको अनुमानित बजेट एक अर्ब ३२ लाख ६५ हजार हुने अनुमान गरिएको छ ।