सम्माननीय सभामुख महोदय,
राष्ट्र संघको ७९औँ महासभामा हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको सहभागिताको पूर्ण सफलताको कामना गर्दछु।
एकातिर नेपाल अहिले संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ भने अर्कोतिर संक्रमणकालिन न्यायलाइ अन्तिम बिन्दुमा पुर्याउन सर्बसम्मत कानुन निर्माण गरिएको छ । हाल करिब ६३ सय शान्ति सैनिक संयुक्त राष्ट्रसङ्घलाई उपलब्ध गराइरहेको नेपाल सबैभन्दा बढी फौज उपलब्ध गराउने दोस्रो ठूलो राष्ट्र पनि हो। यो जगमा संसद्को दुइ तिहाइको समर्थन प्राप्त प्रधानमन्त्री ज्यूको राष्ट्र संघको महासभामा सहभागिता एक ठुलो अवसर हो ।
महासभामा प्रधानमन्त्री ज्युले शान्ति स्थापनाका लागि नेपालले खेलेको भूमिका, विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिलता र त्यसको शान्तिपूर्ण समाधान, गरिबी निवारण, दिगो विकास लक्ष्यहरू, जलवायु परिवर्तन, खाद्य सङ्कटलगायतको विषयमा आफ्नो स्पष्ट धारणा राख्नु पर्छ । यसको साथै नेपाल लगानीको र भ्रमणको लागि एक उत्कृष्ट गन्तब्य रहेको बिश्वाश विश्वलाइ दिलाउनु पर्छ।
आगामी केहि वर्षभित्रमा नेपाली नागरिकलाई कम्तिमा सयुक्त राष्ट्र संघको उपमहासचिव तहमा र भविष्यमा महासचिब समेत हुन सक्ने गरि हाम्रा कुटनैतिक प्रयासहरु जारि राख्नु पर्छ। धन्यवाद।