तनहुँको आबुखैरेनी सडकमा बस खोलामा खस्दा ११ जना घाइते

काठमाडौँ– पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी सडकबाट खोलामा बस खस्दा ११ जना घाइते भएका छन्।

आबुखैरेनीबाट दमौली आउँदै गरेको बस तनहुँको आबुखैरेनी गाउँपालिका २ र ३ को बिचमा रहेको खहरे खोलामा खसेको हो। ग १ ख ९४०२ नम्बरको १५ जना सवार बस खस्दा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तहुँले जनाएको छ। 

कार्यलयका डीएसपी दिपक राएका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ।

अहिले उद्धारको काम र घाइतेलाई अस्पतालमा लैजाने काम भइरहेको उनले बताए। खहरे खोलामा नयाँ पुल बन्दै गरेको थियो। बस दुर्घटनाको कारण भने खुलिसकेको छैन।