images

झण्डै दुई लाख तलब दिने गरी इजरायलले १५ हजार भारतीय कामदार लैजाने

काठमाडाैँ – मासिक झण्डै दुई लाख भारतीय रुपैयाँ तलब दिने गरी इजरायलले  १५ हजार भारतीय कामदार लैजाने भएकाे छ।

इजरायल र भारत सरकारबीच कामदार लैजाने विषयमा सन् २०२३ मा जीटुजी सम्झौता भएको थियो। यसअघि निर्माण क्षेत्रका लागि १० हजार ३४९ भारतीय कामदार लगेकाे इजरायलले यसपटक निर्माण र स्वास्थ्य क्षेत्रका लागि १५ हजार कामदार लैजाने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

सञ्चार माध्यमका अनुसार इजरायल सरकारले भारत सरकारलाई सम्पर्क गरी कामदार माग गरेकाे हाे भने कामदार छनोटका लागि इजरायली कम्पनीका प्रतिनिधिहरु यसै हप्ता भारत भ्रमण गर्नेछन्। 

कामदारकाे तलब मेडिकल बीमा, खाने, बस्ने सुविधासहित एक लाख ९२ हजार भारू हुनेछ भने उनीहरुले हरेक महिना १६ हजार ५१५ भारू बोनस पनि पाउने छन्।

निर्माण क्षेत्रका कामदार छनोटका लागि महाराष्ट्रमा शिविर सञ्चालन हुनेछ। इजरायली टोलीले उक्त शिविरबाट आफ्नो मापदण्ड र सीप हेरेर कामदार छनोट गर्नेछ।