काठमाडाैँ – सदस्यता शुद्धीकरणलगायतका कारण विवाद परेकाे पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन मिति फेरि सरेकाे छ।
गत भदाै १६ गते सूचना जारी गर्दै असाेज ५ गतेका लागि जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि हुने भनिएकाे निर्वाचन मिति फेरि सरेकाे हाे।
ताेकिएकाे मितिमा गत असार २६ मा हुन्छ भनिएकाे चुनाव सदस्यता शुद्धीकरणलगायतका कारण विवाद पर्दै आएकाे थियाे।
भदाै १६ गते तत्कालिन अध्यक्ष विपुल पोख्रेलले सूचना जारी गरेर असाेज ५ गतेका लागि चुनावकाे मिति घाेषणा गरेका थिए। तर, गत साेमबार नै पोख्रेलले पदबाट राजीनामा दिएका थिए। वरिष्ठ उपाध्यक्ष रमेश विष्ट अहिले कार्यवाहक अध्यक्ष छन्। उक्त समितिले अब असोज १२ गते शनिबारका दिन चुनाव गर्ने गरी मिति तोकेको छ।
विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै असोज १२ गते शनिबारका दिन निर्वाचनकाे मिति घाेषणा गरेका हुन्। उनले चुनावकाे मिति घाेषणा गरेर पोखेलले विभिन्न कारण देखाउँदै राजीनामा दिएपछि असहज परिस्थिति उत्पन्न भएको बताएका छन्।
मतदाता सूची भने भदौ २९ गते शनिबार सार्वजनिक हुनेछ।