images

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने चेम्बर लुम्बिनीको रणनीति

तानसेन- आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्याउने रणनीतिक कार्ययोजना बनाउदै नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको कार्यशाला शुक्रवार सम्पन्न भएको छ ।

सरकार सङ्गको सहकार्यमा नीजी क्षेत्रलाइ सबल र सक्षम बनाएर मात्र सम्मृद्द नेपालको परिकल्पना साकार पार्न सकिने निस्कर्स निकाल्दै चेम्बर लुम्बिनीले आगामी ३ बर्षे कार्ययोजना तय गरेको छ । ३ बर्षे रणनीति अन्तर्गत चेम्बरले अन्तर्राष्ट्रिय चेम्बरहरुसङ्ग सम्बन्ध बिस्तार गर्दै लुम्बिनीको समग्र औद्योगिक बिकासका लागि नीतिगत पहल गर्न विभिन्न कार्ययोजना तय गरेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा चेम्बरको संख्या १ सय पुर्याउने,साना तथा मध्यम ब्यवसायिहरुलाइ ब्यवसाय प्रबर्द्धन र ब्यवस्थापन सम्बन्धि तालिम दिने,प्रदेशका उत्पादनहरुको बजारीकरणका लागि प्लेटफर्म तयार गर्ने,परम्परागत मेला तथा तथा महोत्सवहरुलाई परिवर्तन गरेर बहुउपयोगी र आकर्षक बनाउने कार्ययोजना बनाएको छ ।

मुलुकमा उत्पादन भएका गुणस्तरीय बस्तुहरुको निर्यातका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुको सहकार्यमा ब्यवसायिहरुलाइ सहयोग गर्ने,निर्यातका लागि सम्भाबित थप बस्तुहरुको पहिचान गर्ने लगायतका योजना तय गरेको छ ।

त्यस्तै समग्र लुम्बिनी प्रदेशको आर्थिक बिकासका लागि संरचनागत र नितिगत सुधारका लागि पैरवी गर्ने,साना तथा मझौला उद्यमको शशक्तिकरण गर्ने,साझेदारी र सहकार्य बिस्तार गर्ने,पर्यटन बिकासका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुसङ्ग सहकार्य गर्ने,सीप बिकास तालिमहरु सन्चालन गर्ने कार्ययोजना बनाएको छ ।

सो अवसरमा चेम्बर लुम्बिनीका विभिन्न उपसमितिहरु गठन भएका छन । उपसमितिहरुमा नीति निर्माण,रास्ट्रीय,अन्तरास्ट्रिय सम्पर्क समन्वय उपसमिती,तालिम तथा क्षमता अभिबृद्दी,सङ्गठन बिस्तार तथा सद्स्यता वृद्धि,पर्यटन प्रबर्द्धन,उद्योग,सचिवालय ब्यवस्थापन,बित्त ब्यवस्थापन,महिला उद्यमशीलता,युबा उद्यमशीलता र अनुगमन उपसमिति छ्न ।

कार्यशालाको समापन गर्दै प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले पाल्पामा सम्पन्न भएको चेम्बरको कार्यशालाले पाल्पाको पर्यटन प्रबर्द्धनको बाटो देखाउदै लगानीको बातावरण बनाउन आव्हान गरे। निजी क्षेत्रको सहभागीता बिना मुलुकको सम्मृद्दिको परिकल्पना गर्न नसकिने बताउदै राज्यले नीजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे।

चेम्बर लुम्बिनीका अध्यक्ष टंक पोखरेलले कार्यशालाबाट तय गरिएको कार्ययोजना कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाए।
कार्यशालाको सहजीकरण सहजकर्ता मुकुन्द ज्ञवालीले गरेका थिए ।