श्रमीक टाइम्सको छैठौं वार्षिकोत्सव तथा अनलाईन पोर्टलको उद्घाटन

काठमाडौं – श्रमीक टाइम्स पत्रिकाको छैठौॅ वार्षिक उत्सव तथा श्रमिक टाइम्स डटकमको उद्घाटन श्रष्टा सम्मान समारोह नेपाल सरकारका माननीय श्रममन्त्री शरद सींह भण्डारीको प्रमुख आतिथ्यतामा भव्य समारोहका बीच सम्पन्न भयो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस ट्रेड यूनियनका अध्यक्ष योगेन्द्र कुवर, जिफन्टका अध्यक्ष तथा संविधानसभा सदस्य विनोद श्रेष्ठ, श्रम विभागका डिजी र श्रमिक पत्रकारहरु लगायत मजदुर वर्ग र विभिन्न क्षेत्रका महानुभावहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व श्रमीक टाइम्सका सम्पादक दिपक भट्टाचार्य ज्यूले गर्नुभएको थियो भने कार्यक्रम संचालन पत्रकार कलाकार समाजसेवी याम जिसीले गर्नु भएको थियो।

उक्त समारोहमा प्रमुख अतिथी भण्डारीले अहिलेको परिस्थितिमा युवा वर्गलाई स्वदेशमै रोजगार दिन नसकिने र यसलाई विदेशबाट फर्केर आएका युवाहरुलाई उनीहरुको सीप अनुसार नेपालमा नै काम गर्ने वातावरण सृजना गर्दै अबको दश वर्षभित्र आम युवाहरुलाई स्वदेशमा नै रोजगार दिन सक्ने गरि योजना बनाउन लागेको कुरा अवगत गराएका थिए । साथै कस्ता खालको रोजगार दिन सकिन्छ भन्ने विषयमा अध्यन अनुसन्धान भइरहेको पनि जनाउनुभएको थियो ।

उक्त समारोहमा विभिन्न क्षेत्रबाट समाज र राष्ट्रमा पुर्याउनु भएको योगादनको मुल्यांकन गर्दै आउनु भएका श्रष्टाहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गराउनु भको थियो। सम्मानित हुने श्रष्टाहरुमा वरिष्ठ समाजसेवी तथा धार्मिक अभियन्ता योगिनी भीम सुवा गुरुङ ‘क्षेत्री समाज महासंघका अध्यक्ष विष्णु बहादुर खडका , समाज सेवी सुभास सुब्बा लिम्बु चर्चीत झांक्री प्रकाश भुजेल ‘ शीक्षा सेवी रामहरी सिल्वाल नागरिक समाजका अध्यक्ष तथा समाज सेवी याम जी सी पत्रकार इशा अधिकारी क्षेत्री समाज सेवी तथा परम्परा आर्युवेद अभियन्ता आसा खड़का कृषी महान अभियन्ता रमेश पण्डित वरीष्ठ संचारकर्मी गोपाल आचार्य यूवा समाज सेवी तथा व्यवसायी शंकर सीं ठकुरी ज्यू लगायत धेरै संघ संस्थालाई मायाको चीनो प्रदान गर्नु भएको थियो ।