काठमाडौं – भारतीय राजदूतावास काठमाडौंले हिन्दी दिवसको अवसरमा नेपाल–भारत पुस्तकालयमा एक कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा नेपाली र हिन्दी साहित्यको तुलनात्मक अध्ययनका प्रमुख विद्वान प्रा. रामदयाल राकेश प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।
सो अवसरमा अन्य विद्वानहरुले पनि आफ्नो धारणा राखेका थिए । यसका साथै केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरूका लागि हिन्दी कविता वाचन पनि आयोजना गरिएको थियो ।
कार्यक्रममा हिन्दी विद्यार्थी, लेखक, कवि र हिन्दी प्रेमीहरूको उपस्थिति थियो।