कार्यदलले बुझायाे न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौं सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुधबार कार्यक्रमको मस्यौदा बुझाएको छ।

बुधबार साँझ बालुवाटारमा कार्यदलले उनीहरुलाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गरेको हो।

कार्यदलमा कांग्रेसबाट प्रकाशशरण महत र गगन थापा सदस्य थिए भने एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य थिए।