images
images

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा कुन?(सूचीसहित)

काठमाडौँ, ३ असोज – गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ ।

जसमध्ये १२ जनालाई प्रमुख जिल्ला अधिकारी र १२ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको छ। यस्तै, अन्यलाई  भने विभिन्न विभाग र मन्त्रालयमा सरुवा गरेको हो।

जसमध्ये रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, मुगुमा कमलप्रसाद पाण्डे, रुकुम पूर्वमा रुद्र प्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णु प्रसाद भुसाल, रसुवामा अर्जुन पौडेल र जुम्लामा रामबहादुर शाहीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको हो।

बुधबारको निर्णयअनुसार गृहमन्त्रालय तथा अन्तर्गतका कर्मचारीहरूको सरूवा गरिएको विज्ञप्तिमा उल्लेख छ।

हेर्नूहोस् पूरा विवरण: