images
images

बजेटको पक्षमा मतदान गर्न एकीकृत समाजवादीका सांसदलाई ह्विप लगाउने तयारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाउने तयारी गरेको छ । सो पार्टीले मंगलबार बिहान संसदीय दलको बैठक बोलाएर बजेटको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेको हो ।

सांसद मेटमणि चौधरीले मंगलबार बिहान दलको बैठक बोलाएको बताए । उनले सोही बैठकले सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेको बताए । एकीकृत समाजवादीका अधिकांश सांसदहरू आर्थिक वर्ष ८० को बजेटप्रति असन्तुष्ट हुँदै विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि पार्टीले उनीहरूलाई ह्विप लगाउन लागेको हो । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० सांसद रहेका छन् ।

बजेटमाथिको मन्त्रालयगत छलफल सकेर मंगलबार बजेट पारित गर्ने सरकारको तयारी छ ।