दशैंका साइतहरू सार्वजनिक, टीका ११ बजेर ३६ मिनेटमा

काठमाडौं –  यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रवार राति एक सूचना जारी गर्दै  दशैंको साइतहरुबारे जानकारी गराएको हो ।

समितिका अनुसार  टीका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको छ ।

घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको समितिले जनाएको छ ।

सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवास्यकता नपर्ने पनि समितिले जनाएको छ ।