सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी

एजेन्सी– रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको बताइएको छ।  

‘ड्युटीमा’ रहेका हवाई रक्षा प्रणालीहरूले युक्रेनी फिक्स–विङ युएभी ड्रोनहरू नष्ट गरी खसालेकोे रूसको रक्षा मन्त्रालयले टेलिग्राम मार्फत जनाएको हो ।  

मन्त्रालयका अनुसार ब्रायन्स्क क्षेत्रमा ५३ वटा ड्रोन खसालिएको थियो भने ‘ब्लाक सी’ प्रायद्वीपमाथि १८ वटा र बाँकी अन्य क्षेत्रमा खसालिएको थियो । 

क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागीसमेत भएको बताए।  

 

प्रभावित क्षेत्रका बासिन्दाहरूलाई  सुरक्षाको लागि बाहिर निकालिएको भएता पनि कुनै हताहत नभएको उल्लेख छ ।