जबजको विचार कतैबाट सापट लिएको होइन : कार्यवाहक अध्यक्ष पोखरेल

कााठमाडौँ – नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक राजनीतिक सिद्धान्त भएको बताएका छन्।

शनिवार ललितपुरको जाउलाखेलमा मदन भण्डारी फाउण्डेसनको रजत जयन्ती अवसरमा गरिएको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन्।

उनले मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय राजनीतिमा सही राजनीति दिशा निर्देश गर्नेगरी अगाडि बढ्नुपर्ने बताए।

उनले अहिलेका चुनौतीहरूलाई पहिचान गरी वैचारिक हिसाबले दिशानिर्देश गर्ने काममा पनि आगामी दिनमा फाउण्डेशनले योगदान गर्नुपर्ने बताए।

उनले नेपालको सन्दर्भमा माक्सवादलाई प्रयोग गर्दा विकसित भएको विचार जबज भएको बताए। उनले जबजको विचार कतैबाट सापट लिएको विचार नभइ आफ्नै देशमा अभ्यास गरेर विकसित भएको विचार भएको बताए।

उनले जनताको बहुदलीय जनवाद स्थापित भएपछि पनि बेलाबेला चुनौतीहरू आउने गरेको बताए।