प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १० दिन म्याद

काठमाडाैँ- साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडाैँ जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न १० दिनको म्याद दिएको छ।

नेपाल प्रहरीकाे साइबर ब्युराेका अनुसार प्रसाईंलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको हो।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर अवराधको कसूर गरेको भन्दै ब्यूरोमा उजूरी परेको थियो। असोज २ गते उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

प्रसाईं पक्राउ परेपछि उनका समर्थकले नाराबाजी गरेका थिए। त्यसक्रममा प्रसाईंका केही समर्थकलाई पनि पक्राउ गरिएको छ।